१ लाख घूससहित सर्भेक्षक पक्राउ

383

साझाट्युव : चैत २२ ,काठमाडौं। ललितपुरबाट १ लाख घूससहित सर्भेक्षकलाई प्रहरीले पक्राउ गरेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् ।

यस्तै ,जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारले जनाए अनुसार ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY