कमल थापाकी छोरी प्रतिष्ठाद्वारा लिङ्देन नेतृत्वको राप्रपा परित्याग

148

साझाट्युव : चैत ३०, काठमाडौं।

नेता कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको पार्टी राप्रपाबाट राजीनामा दिएकी गरेकी छिन् |

गएको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजीनामा दिएकी हुन् ।

उनले राजीनामा पत्रमा उल्लेख गरेअनुसार राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको हो।

पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपाबाट थापाका भतिजा अभिषेक थापाले पनि परित्याग गरेका थिए ।
राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलबार मात्र राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी छाडेकी हुन् ।

LEAVE A REPLY