सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै

141

साझाट्युव : बैशाख ६, काठमाडौं।

यहि वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सम्बन्धि चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ ।

सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए अनुसार महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आइतबार र सोमबार दुइ दिन बसेको बैठकले समेत महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन ,यसैकारण आज पुन बैठक बस्न लागेको बताइएको छ ।

भागबण्डा सम्बन्धमा काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ भने एकीकृत समाजवादीले पनि पोखरामा दाबी गरिरहेको छ । यस्तै,माओवादी केन्द्रले भने भरतपुर महानगर दाबी गरेको छ। साथै,जनता समाजवादीले विराटनगर पाउने करिब करिब सहमति जुटिसकेको बताइएको छ ।

LEAVE A REPLY