चट्याङ लागेर वृद्धको मृत्यु

155

साझाट्युव : बैशाख ७, काठमाडौँ ।

गए राति वर्षासँगै आएको चट्याङ लागेर राक्सिराङ गाउँपालिका–८ मकवानपुरका ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भएको छ भने इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका भनाई अनुसार गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताएको छ ।

चट्याङ लागेर घाइते भएकी रुम्बाको ललितपुर स्थित पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

LEAVE A REPLY