दोलखामा सत्तागठबन्धनको मुख्य तयारी

132

साझाट्युव : बैशाख ७, दोलखा।

दोलखामा सत्तागठबन्धनको मुख्य तयारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पालिका प्रमुख र उपप्रमुखको संख्यात्मक भागबण्डा मिलाएका छन् ।

दोलखाका ९ पालिकामध्ये नेकपा माओवादी केन्द्रले ३ प्रमुख र ३ उपप्रमुख लिनेछ , नेपाली कांग्रसले ५ पालिका प्रमुख र ४ पालिकाको उपप्रमुख लिनेछ । नेकपा एकीकृत समाजवादीले एक पालिका प्रमुख र दुई वटा पालिका उपप्रमुख लिने भएको छ ।

तर, एकीकृत समाजवादीले दुई वटा पालिका प्रमुख पाउनुपर्ने दाबी कायमै राखेको छ । एकीकृत समाजवादीका नेता शिव भण्डारीले कांग्रेसले पाँच पालिका प्रमुखको दाबीबाट चार पालिका प्रमुख लिनेगरी सहमतिमा आउने विश्वास गरेका छन् ।

नेपाली कांग्रेसका दोलखाका जिल्ला सभापति बर्मा लामाले दुई पालिका प्रमुख पाउनुपर्ने माग सुरुदेखि नै राखेको भए पनि एकीकृत समाजवादीले एक पालिका प्रमुख लिने गरी सहमतिमा पुगिएको बताएका छन्

‘उहाँहरुको दाबी अनुसार दुई पालिका प्रमुख भन्ने छ । तर, उहाँहरुको सहमतिमा संख्यात्मक भागवण्डा मिलाएका हौं’ लामा भन्छन्, ‘अब कुन पार्टीले कुन पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने भनेर टुंग्याउनेतिर लागेका छौं ।’

 

२०७४ को चुनावमा एमालेले दोलखाका ७ पालिका प्रमुख (भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका,कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका ) जितेको थियो।

कांग्रेसले दोलखाका २ पालिका प्रमुख ( बैत्यश्वर गाउँपालिका र विगु गाउँपालिका ) मात्रै जितेको थियो । माओवादी केन्द्रले दुई वटा पालिका उपप्रमुख जितेको थियो । यो पटक एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ । एमाले बाहेकका दलहरु अहिले गठबन्धन बनाएर अगाडि बढेका छन् । एमाले एक्लै चुनावी मैदानमा छ ।

तर कुन–कुन पालिका प्रमुख र उपप्रमुखमा कुन कुन दलको उम्मेदवार रहने भन्ने निक्र्योल हुन बाँकी छ ।

LEAVE A REPLY