निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्न आयोगको आग्रह

134

साझाट्युव : बैशाख ७, काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र
गठबन्धन गर्ने दलहरुले हरेक स्थानीय तहका मेयर र उपमेयर एवम् अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाई स्थानीय तहमा महिलाहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गर्दछ ।

‘यस सन्दर्भमा दलहरुबाट कतिपय स्थानीय तहमा मेयर र उपमेयर एवम् अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरुष मात्र उम्मेदवार बनाउन सक्ने संभावना रहेको हुँदा त्यसले संविधानको धारा ३८ ९४० ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिलाको सहभागी हुने हकको प्रत्याभूति हुन नसक्ने स्थितिको सिर्जना हुन जान्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

बुधबार जारी गरेको विज्ञप्तिमा आयोगले नेपालको संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको प्रत्याभूति गरेको स्मरण गराएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालका केही राजनीतिक दलहरुले गठबन्धन बनाई उम्मेदवार मनोनयन गर्ने जानकारी सञ्चार माध्यमहरुबाट जानकारीमा आएको आयोगले बताएको छ ।

नेपालको संविधानको समानुपातिक समावेशीताको मर्म विपरीत देखिएका ऐन, नियमहरूलाई सुधार गरी समावेशी र मानव अधिकारमैत्री बनाउन समेत आयोगले सरकार, व्यवस्थापिका तथा सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

LEAVE A REPLY