जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो

144

साझाट्युव : बैशाख ८, काठमाडौँ ।

 

स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालिसकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले जनाए अनुसार बिहीबार सोलुखुम्बु, ताप्लेजुङ, मुगु, बाजुरा, अछाम, जाजरकोट, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाईएको हो ।

यस्तै शर्माले १ करोड १९ लाख मतपत्र छापिसकेको पनि बताए र अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने उनको भनाइ छ ।

LEAVE A REPLY