डब्लुएचओका महानिर्देशकडा. टेड्रोस अधानोम गेब्रेयससलले भेटे राष्ट्रपति भण्डारी

156
/fi6«klt e08/L–8An'Prcf]sf dxflgb]{zs 8f 6]8«f];¬¬–e]6jftf{ sf7df8f}F, ( j}zfv M /fi6«klt ljBfb]jL e08/L ljZj :jf:Yo ;ªu7g -8An'Prcf]_sf dxflgb]{zs 8f 6]8«f]; cwfgf]d u]a|]o;; z'qmaf/ /fi6«klt sfof{no zLtn lgjf;df lzi6frf/ e]6jftf{ ub}{ . t:jL/ M k|bLk/fh jGt÷/f;;

साझाट्युव : बैशाख ९, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्लुएचओले खोप वितरण गरेकामा डब्लुएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे। त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा जानकारी गराएका थिए। महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए।

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।

LEAVE A REPLY