नेपाली कांग्रेसले काठमाडौं लगायत अन्न्ये जिल्लामा लगाए उम्मेदवारको टुंगो

274

साझाट्युव : बैशाख १२, काठमाडौँ ।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारको टुंगो लगाएको छ ।काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ उनि प्रकाशमान सिंहकी पत्नी हुन् ।

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

यसैगरि नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।
दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिकासहित १६ वटा पालिका रहेको बारामा कांग्रेसले गठबन्धनबाट कलैया उपमहानगरपालिकामा मेयर र जितपुर सिमरा उपमहानगरमा उममेयर पाएको छ ।

कलैयाको मेयरमा राजेश राय यादव र जितपुर सिमराको उपमेयरमा मेघा शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कांग्रेसबाट महागढीमाई नगरपालिकामा उपेन्द्रप्रसाद यादव, सिम्रौनगढ नगरपालिकामा विजयशंकर यादव तेसैगरी निजगढ नगरपालिकामा सुरेश खनाल रहेका छन् भने पचरौना नगरपालिकामा मणिभुसन यादव, कोल्हवी नगरपालिकामा रामप्रसाद चौधरी, फेटा गाउँपालिकामा रुस्तम अन्सारी र आदर्शकोतवाल गाउँपालिकामा जवाहर साह उम्मेदवार बनेका छन् ।

यस्तै, प्रसौनी गाउँपालिकामा सुनिल गुप्ता,करैयामाई गाउँपालिकामा भुनेश्वर धामी, सुवर्ण गाउँपालिकामा राजेश यादव, देवताल गाउँपालिकामा हरिलाल दास, परवानीपुर गाउँपालिकामा लालबाबु यादव, विश्रामपुर गाउँपालिकामा अमिरिलाल पाल, बारागढी गाउँपालिकामा देवदत बछार थारुलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले बताए ।

तेस्तै नेपाली कांग्रेस कञ्चनपुरले पनि सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो ।

कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम लेखकलाई उम्मेदवार बनाएको छ । यसैगरी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशी , दोधाराचाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशीलाई उम्मेदवार बनाइएको छ ।

शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रोपदी राना तथा पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया रानालाई उम्मेदवार बनाइएको छ ।

कांग्रेसले बेलौरी नगरपालिकाको मेयरको टिकट होसियार विष्टलाई र उमपेयरको टिकट खिना भण्डारीलाई दिएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा राना तथा बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

यसै गरि नेपाली कांग्रेस दाङमा पनि चार स्थानीय तहबाहेक सत्ता गठबन्धनका दलहरूबीच तालमेलमा सहमति नभएपछि कांग्रेसले सात पालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंग्गो लगाएको छ ।

लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका जिल्ला उपसभापति गिरिराज सुवेदीले जानकारी दिए ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजीत बिसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाइने भएको छ भने राजपुर गाउँपालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव उम्मेदवार हुने भएका छन् । यादवलाई पुनः उपाध्यक्षमा उम्मेदवार बनाइएको छ ।

उता प्रदेश राजधानी तोकिएको राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाल उम्मेदवार हुने भएका छन् । यसअघि उपाध्यक्ष रहेकी चौधरीलाई यसपटक अध्यक्षको उम्मेदवारी बनाइएको छ ।

दंगीशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, बबई गाउँपालिकाको अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको उपसभापति सुवेदीले जनाए ।

जिल्लामा सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले शान्तिनगरको प्रमुखमा प्रमोद बस्नेत र बंगलाचुली गाउँपालिकाको उप्रमुखमा भक्तबहादुर जिसीलाई उम्मेदवार बनाउने भएको छ ।

LEAVE A REPLY