साझाट्युव : बैशाख १५, काठमाडौँ ।
आज बिहिबार देखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनकाे अनुमति दिएकाे हाे ।
उडानको समय बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन् । यस अघि विमानस्थल दैनिक १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए ।