उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु

323

साझाट्युब:  बैशाख १६, २०७९, काठमाडौ ।

प्रधानमन्त्री निवास बालुवाटरमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु भएको हो ।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ । ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

LEAVE A REPLY