जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यता

388

साझाट्युव : वैशाख १७, काठमाडौं ।

वै१७ शाख, बाजुरा । नेकपा एमाले फुटको असर अहिले उदाहरणकोरुपमा बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ ।

नेकपा एमाले फुट्नु अघि जुकोट गाउँ भरिका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमालेमा थिए ।त्यहाँ बसोबास गर्ने दलित समुदायहरुले उनीहरुको खेतबारी कमाउने र उनीहरुकै निर्देशनमा भोट हाल्थे ।जुकोटका दलित आफूखुशी भोट हाल्ने स्वतन्त्रता नभएपनि उनीहरु माथि एमाले भन्दा अरु कुनै पार्टीको हस्तक्षेप हुदैन थिए ।

तर, जब एमाले फुट्यो, तब सिंगो जुकोट गाउँ दुइ भागमा बिभाजन भयो । नेकपा एमाले र एकीकृत समाजवादी, गाउँपालिका अध्यक्षको उम्मेदवारमा एमालेबाट चतुर्भुज शाही, तेस्तै एकीकृत समाजवादीबाट चिरञ्जीवी शाही उम्मेदवार भए । चिरञ्जीवीलाई माओवादीको साथ रहेको छ । उनले २०७४ सालको स्थानीय चुनावमा कांग्रेस उम्मेदवारलाइ हराउदै गाउँपालिका अध्यक्षमा जित हासिल गरेका थिए । जुकोटमा कांग्रेस र माओवादी पनि केहि मात्रामा छन्, तर उल्लेखनीय मात्रामा समाजवादी र एमाले रहेका छन् ।

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा गरिबीको कारण अधिकांस दलितहरुले जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यतामा छन् ।
साविकको जुकोट अहिले एउटा वडा भएको छ । सो वडामा २ हजार ९६ मतदाता रहेका छन् । दलित समुदायको २१८ परिवारले बसोवास गर्दछ । उक्त गा।उँ दुई भागमा विभाजित भएको छ भने दुबै अध्यक्षका उम्मेदवार यही वडाका रहेका छन् । अहिले गाउँका दलितहरुमा अन्योलताले यता लागौं कि उत्ता भएका छन्

LEAVE A REPLY