निर्वाचनबारे टिकटक बनाए ५० हजार ,३० हजार र २० हजार पुरस्कार

350

साझाट्युव : वैशाख १८, काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

तेसैगरी ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियो आयोगले नै टिकटकमा राख्ने छ र तेही गीत अनुसार टिकटक बनाउनु पर्नेछ । आयोगका अनुसार २९ वैशाखभित्र टिकटक बनाएपछि फेसबुक, युटयुब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

LEAVE A REPLY