साझाट्युव : वैशाख १८, काठमाडौं ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।
नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो ।
यसपटक १ सय ३३ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् ।
प्रधानमन्त्रि शेर पहादुर देउवा ले टुइटर मार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।