आगलागीबाट ध्वस्त भएको मुक्तकमैया सुदूरपश्चिम सरकारले निर्माण गरिने प्रतिवद्धता

399

साझाट्युव : वैशाख १८,कैलाली ।

आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ ।

वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो घटना घटेको थियो ।

आगलागीबाट बस्तीका २७ घर पूर्णरुपमा जलेका थिए , साथै १२ घर आंशिक रुपमा र ३२ घरमा सामान्य क्षति भएको छ ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार वस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।
चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएकाे हाे ।


त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले साे स्थानका मुक्तकमैयाले अझैसम्म पनि जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताउनुभएकाे छ ।

प्रदेश सरकारले तत्काल पूर्ण रुपमा क्षति व्यहोरिरहेका सो बस्तीका मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने, त्यस्तै बर्खे खेतीको लागि धानको बिउ निशुल्क दिने प्रदेश सरकारले जनाएकाे छ ।

LEAVE A REPLY