विश्वराज पोखरेललाई आईजीपी प्रमुखमा बढुवा गर्न गृहको प्रस्ताव

406

साझाट्युव : वैशाख १८, काठमाडौं ।

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव राखेको छ ।

मन्त्रालयले एक नम्बर वरियतामा भएको (एआईजी) पोखरेललाई आईजीपीमा नियुक्त हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा भएका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा रहेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आईजीपी बन्ने रोलक्रममा राख्ने गरी पोखरेललाई एकल बढुवा हुने गरि अघि सारेको भन्दै नेपाली कांग्रेसका केही नेताहरु रुष्ट भएका थिए । साथै विकल्पमा सिंहलाई अघि सारिएको थियो।
आज बिहान भएको सत्ता गठबन्धनको छलफलमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका मझेरीमा वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद आउन सक्ने स्रोत खुलाएको छ । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त हुनुपर्ने पक्षमा थिए ।

LEAVE A REPLY