साझाट्युव : वैशाख १८, काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गरेका हुन् ।
उनले पार्टीको निर्णयलाई कांग्रेस नेता कार्यकर्ताले अपवाद बाहेकका ठाउँमा स्वीकार गरेको बताए ।
निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरै ले सोचेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ । तर त्यस्तो अवस्था भएन ।’
कतिपय पालिकाहरुमा आफ्नो मतदाता बेसी भएकोहुँदा अरुलाई प्रमुखमा किन दिएको भन्ने सोच पनि भएको बताए ।
उनले समग्रमा ठीक भएको भन्दै ‘एकाध स्थानीय तहमा, जहाँ अझै बागी उम्मेदवार छन् । तेस्ता साथीहरु पनि पार्टी अनि गठबन्धनले तय भएको उम्मेदवारको पक्षमा उभिन्ने छन् भन्ने विश्वास छ ।