साझाट्युव :वैशाख १९,काठमाडौं ।
भर्खरै मात्रै विवाह गरेकी अभिनेत्री केकी अधिकारी एक्लै अमेरिका उडेकी छन् । उनको पति रोहित तिवारी भने छैनन् ।सिन्दूर-टीका, मंगलसूत्र र कुर्थामा सजिएकी केकीलाई एयरपोर्ट पुर्याउन पति तिवारी पुगेका थिए ।
उनि साथी रीमा विश्वकर्मासँगै अमेरिका उडेकी हुन् । ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् । रीमा भने उक्त शोको होस्ट रहेकी छिन् ।
अमेरिका उड्नुअघि केकीले ‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु ’ भनिन् ।
तीन सातासम्म लगभग केकी र रीमा अमेरिकामा रहनेछन् ।