मौसम परिवर्तनसँगै देखा पर्ने रोग को कसरी न्युनिकरण गर्ने

163

साझाट्युव : वैशाख १९, काठमाडौं ।

मौसम परिवर्तन भएसँगै मानिसहरूलाई विभिन्‍न रोग देखा पर्न थालेको छ । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेङ्गी, ठेउलालगायतका आदि रोगहरू देखा पर्दछ । कतिपय रोगहरु आफ्नै लापरबाहीका कारणले सर्ने गर्दछ ।

मौसम परिवर्तन हुँदा ‘सीजनल एलर्जी’ हुन सक्ने , नाक चिलाउने, हाँच्छ्यु आउने र आँखा चिलाउने गर्छ । धुँवा धुलोबाट श्वासप्रश्वासको पनि समस्या देखिने गर्छ ।मौसम परिवर्तनसँगै विशेष सावधानी अपनाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने हुन्छ । मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्काल परिवर्तन गर्न नसक्ने हुँदा जोसुकै पनि बिरामी हुन्छन् ।

यस्ता रोगबाट बच्ने उपाए;

  • वेस्त जीवनशैली भए पनि घरको खानामा प्राथमिकता दिने , घर बाहिरको खानेकुरा नखाने।
  • पानीलाई शुद्धीकरण गरेर मात्र पिउने ।
  • विशेषगरी किटजन्य रोगको सङ्क्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने ।
  • व्यक्तिगत र आफ्नो बासस्थान वरपरको वातावरण सफा सुग्घर राख्नुपर्छ ।
  • गर्मीको समयमा किटनाशक विषादीको प्रयोग कम गर्नुपर्छ ।
  • वर्षा हुने बेलामा फोहोर पानीमा नहिँड्ने, जाडो अनुभव भएमा न्यानो लुगा लगाउने, तातो झोल युक्त खाने कुरा खाने ।
    घाममा बाहिर निस्कनुअघि आँखा र छालाको सुरक्षामा ध्यान दिनुपर्ने ।

LEAVE A REPLY