भिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

180

साझाट्युव : वैशाख २०, काठमाडौं ।  

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहीआएको छ।

आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेने छ । साथै प्रदेश-१ को केही स्थानमा हल्का वर्षाको भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ।

देशको अन्य भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ।

त्यस्तै ,प्रदेश-१, लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

LEAVE A REPLY