सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्रीसंग निर्वाचन आयोगको स्पष्टीकरण

254

साझाट्युव : वैशाख २१, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिताको विपरीत अभिव्यक्ति राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेको बताएको छ ।

 

मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको कैलारी गाउँपालिकामा अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, साथै अन्य सुविधापनि दिनेछु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले जनाएको छ ।

तेस्तै , निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलसंग पनि आयोगले स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्ट र पोखरेल दुबैसंग चौविस घण्टाभित्र स्पष्रटीकरन गरेर पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष पोखरेलले एउटा टेलिभिजनसंग अन्तर्वार्ता दिँदाखेरि निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको साथै व्यक्ति विशेषसंग भोट मागेको पाइएको आयोगले बताएको छ ।

आयोगका अधिकारीहरुका बमोजिम ‘आचारसंहिता साथै पदाधिकारीको नियुक्ति लगायतका विषय, निर्वाचन आयोगप्रति र निर्वाचनकै प्रक्रियामा अनास्था फैलाउने अभिव्यक्ति तपाईंको आफनै मत हो या संस्थागत खुलाई पाउँ’ भनेर सोधिएको छ ।

LEAVE A REPLY