केपी शर्मा ओली फेरिपनि सत्तामा आउन सक्ने : प्रधानमन्त्री शेरबहादुर देउवा ।

174
बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

साझाट्युव : वैशाख २१, काठमाडौं ।

प्रधानमन्त्री साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरिपनि सत्तामा आउन सक्ने बताएका छन् ।

बुधबार विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नगरे ओली फेरि सत्तामा आउने बताएका हुन् ।

त्यस्तै, उनले गठबन्धनका पक्षमा ओलीका गलत कदमलाइ रोक्न मत हाल्न मतदातालाई आग्रह गरे ।

देउवाले स्थानीय तह निर्वाचनका निम्ति गरिएको चुनावी गठबन्धनलाई कार्यकर्ताहरुलाइ धोका नदिन निर्देशन दिए ।

सभापति देउवाले आफु प्रधानमन्त्री भएको नभइ प्रतिगमनलाई रोक्न प्रधानमन्त्री बनेको बताउँदै उनले गठबन्धन पनि त्यही आवश्यकता बमोजिम भएको दाबी गरे । हाल कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी भएको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिका हरेक नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी सभामा संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले पनि लोकतन्त्रको रक्षाका निम्तिसत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताए ।

 

LEAVE A REPLY