कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप

170

साझाट्युव : वैशाख २२, रुकुम  ।

आज बिहीबार बिहान रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि झडप भएको हो ।

माओवादी कार्यकर्ताले झडपका क्रममा कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्का चढेको गाडीमा तोडफोड गरेका छन् ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले जनाए ।

उनका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।

बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए । त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक विक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको हो ।

LEAVE A REPLY