बझाङमा वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध

154

साझाट्युव : वैशाख २२,बझाङ ।

बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध गरिएको छ।

यही बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो।

LEAVE A REPLY