पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने प्रतिबद्धता-रेनु दाहाल

154

साझाट्युव : वैशाख २२, चितवन ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको उल्लेख गरेकी छन् ।

२०७४ सालमा मेयरमा निर्वाचित भएकी उनी आमसभामा सम्बोधन गर्दै भनिन् ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ’ ।

उनले पहिलो कार्यकालमा कांग्रेस र माओवादीको साझा उम्मेदवारको रुपमा उठेर गरेका बाचा पुरा गरेको बताइन् । उनले भौतिक पूर्वाधारदेखि शैक्षिक र स्वास्थ्य क्षेत्रमा थुप्रै काम गरेको दाबी गरिन् । ‘६ सय २२ किलो मिटर सडक पिच गरेको छौँ, स्मार्ट सिटीको गुरु योजना बनाइसकेका छौँ,’ उनले भनिन्, ‘महानगरमा आधुनिक सिटी हल, अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम आगाडि बढेको हुँदा त्यसलाई आउने कार्यकालमा पुरा गर्नेछौँ ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् ।उनले आफू पाँच दलीय गठबन्धनको उम्मेदवारको साझा भएकाले अहिले सुरु गरेका योजना पूरा गर्ने प्रतिबद्धता गरिन् । उनले गठबन्धनलाई सबैले मिलेर अगाडी बढाउन सबैसँग आग्रह समेत गरिन् ।

LEAVE A REPLY