साझाट्युव : वैशाख २२, काठमाडौं।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगप्रति असन्तुष्टि भएका जनाएका छन् । आज बानेश्वरस्थित एक होटलमा सम्पादकहरुसँगको अन्तर्क्रियाका दौडान पोखरेलले चुनाव निष्पक्ष हुनेमा शंका व्यक्त गरे ।
प्रधानमन्त्री र मन्त्रीहरुले पार्टीको कार्यक्रममा हिँड्नपाउने तर उम्मेदवारले मतपत्रको रङलाइ हरियो बनाउने उम्मेदवार बन्न जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने,यस्तो आयोगको निर्णयप्रति उनले आपत्ति जनाएका छन् ।
‘आज शेरबहादुर देउवा चितवनमा सभापतिका हैसियतमा भाषण गर्दै हिडिरहनु भएको छ । यदि सभापतिको हैसियतमा हिँडेको हो भने देशको प्रधानमन्त्रीचाही को हुन् त अहिले ?’, महासचिव पोखरेलले प्रश्न गरे ।
सभापतिको हैसियतमा देउवा चुनावी कार्यक्रममा हिँड्न पाउने भन्ने आयोगले जनप्रतिनिधिको हकमा भने आचारसंहिताको दोहोरो नीति अपनाएको पोखरेलले बताए छन् । ‘प्रधानमन्त्रीनै पार्टी सभापति भएर हिँडेको भए मन्त्रीहरु कार्यकर्ता भएर हिँड्नु भएको होला’ उनले बताए ।
यसअघिका चुनावमा मतपत्रको रङ कालो, निलो अनि रातो हुने भएता पनि अमुक दललाई लाभ पुग्नेगरी यसपटक हरियो बनाइएकोमा पनि महासचिव पोखरेलले आशंका गरे ।
जहाँ गएपनि प्रचण्ड–माधव सहयोगी मात्रै
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन यता विकसित राष्ट्रिय राजनीतिबारे लामै ब्रिफिङ गरेका महासचिव पोखरेलले तत्काल पार्टी एकता नहुने जनाए । महानगरपालिको नतिजामा चमत्कार हुने बताएका उनले यो चुनावबाटै मुलुक ध्रुवीकरणतिर जाने बताए छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एकता तत्काल सम्भव हुननसक्ने जनाए । ‘प्रचण्ड र माधव नेपाललाइ बोकेर चुनावमा जान सकिदैन । जसको कारणले बहुमत भएरनी गुमाउनुपरेको छ, उनीहरुलाई लिएर जानु नैतिक पनि रहदैन पोखरेलले बताए ।
तर प्रचण्ड र माधव नेपालबाहेका नेताहरु एमालेमा प्रवेश गर्ने पोखरेलले भने । एमाले अध्यक्ष केपी ओली भर्सेस अरुबीच भइरहेको चुनावमा प्रचण्ड र माधव नेपाल कांग्रेसको बिशेष सहयोगी बनेको महासचिवले बताए । अब उप्रान्त प्रचण्ड र माधव नेपाल जता गएपनि सहयोगी मात्रै हुने उनले भने ।
माओवादी केन्द्र अब राजनीतिको इपिसेन्टरमा आउन नसक्ने भएकालेनै प्रचण्डले गठबन्धनमा जोड दिएको पोखरेलको भनाइ थियो । त्यही कारण अध्यक्ष प्रचण्डले एमालेले मिलौं भन्ने प्रस्ताव गरेको भन्ने अभिव्यक्ति दिएको पोखरेलले भने ।