इजरायलमा आतंकवादी हमलामा ३ जनाको मृत्यु

157

साझाट्युव : वैशाख २३ , काठमाडौं।

बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका छन। ४ जनामध्ये एकको अवस्था गम्भीर रहेको छ।

आतंककारीले सेन्ट्रल पार्कमा धेरै मानिसहरूलाई बञ्चरो र चक्कुले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन।

साे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गर्नका लागि नाकाबन्दी समेत सुरु गरेको छ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतंकवादी र आतंकवादीलाई सहयोग गर्नेलाई कडा कारबाही गरिने समेत बताएका छन ।

पहिला पनि अल अक्सा मस्जिदमा आक्रमणकारीहरूले हमला गरिसकेका छन।

LEAVE A REPLY