भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्नलाइ टेन्डर आहृवान : नेपाल विद्युत प्राधिकरण

155

साझाट्युव : वैशाख २३ , काठमाडौं।

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा गरेको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्नलाइ टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका निम्ति भारतीय कम्पनीहरुसँग प्रस्ताव राखेको छ ।

देशभित्रै प्राधिकरणले खपत गरी जगेडा भएकमो विद्युत १७ असारदेखि २९ कात्तिक २०७९ यानिकी ५ महिनासम्म बिक्री गर्ने भएको छ ।

भारतको केन्द्रीय विद्युत नियमन आयोगद्वार विद्युत् व्यापारका निम्ति अनुमति प्राप्त टे्रडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरु साथै बिद्युत खरिदका निम्ति प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छ ।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीगर्नलाई स्वीकृति पाएका छौं, जसमध्ये २०० मेगावाट प्रतिश्पर्धाद्वारा जसले बढी दर कबोल गदर्छ उसैलाई बिक्री गर्ने गरी टेन्डर आह्वान गरेका छौं ’, कार्यकारी निर्देशक घिसिङले अरु ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्ने छौं भने । टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनोटमा परेका योग्य कम्पनीहरुलाई विद्युत उपलब्ध गरिनेछ ।’

नेपालबाट विद्युत खरिद गर्नलाइ इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेभित्रमा प्रस्ताव पेश गर्नुपर्ने छ।
सोही दिन १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका निम्ति प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने हुन्छ ।

भारतले नेपालका ६ वटा विद्युतगृहदेखि उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका निम्ति प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनद्वार निर्यात गरिनेछ ।

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मर्ध्यमर्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु-४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका निम्ति स्वीकृति मिलेको छ ।

LEAVE A REPLY