स्थानीय तहको निर्वाचनको दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने

149

साझाट्युव : वैशाख २३ , काठमाडौं।

स्थानीय तहको निर्वाचनको दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने बताएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी त्यस दिन उडान नहुने जानकारी दिएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका बमोजिम सो दिन कम्पनीका कुनै पनि उडान नहुने बताएका छ ।

निर्वाचनका दिन कुनै पनि सार्वजनिक यातायात चल्ने छैन । सो क्रममा हवाई यातायात पनि बन्द हुने भएको छ । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित सरहनै उडानभर्ने छ ।

 

निर्वाचन आयोगले सो दिन विदेश जाने यात्रुको सहजिकरणका निम्ति सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरिसकेको छ ।

निजी सवारी साधनले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्नेछ । तर, सार्वजनिक यातायात चाही चलाउन पाइनेछैन ।

LEAVE A REPLY