माहनगरलाई महान घर बनाउने छु- उम्मेदवार सिर्जना सिंह

141

साझाट्युव : वैशाख २३ , काठमाडौं ।

‘मेयर जितेमा महानगरलाई महाघर जसरी चलाउँछु’  यो भनाई सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहको ।

शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामालाइ सम्बोधन गर्दै सिंहले येसो भनेकी हुन् उनले महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने पनि बताएकी छिन् ।

‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

 

उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।

महानगरमा सुशासन कार्यम गर्न, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहको भनाइ छ ।

LEAVE A REPLY