एक थान पेस्तोलसहित दाङमा तीन जनालाई पक्राउ

226

साझाट्युव : वैशाख २३ , दाङ ।

दाङ जिल्लामा आज शुक्रबार प्रहरीले एक थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित उक्त पेस्तोल बरामद गरेको हो ।

लमही नगरपालिका–३ टिकुलीगढस्थित जुनु वडी विल्डर्स ग्यारेजबाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार, लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर, र  बागलुङका २० वर्षीय सोमु विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जनाए ।

पक्राउ परेका तीन जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

LEAVE A REPLY