सामाजिक सञ्जालमा चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक भिडियो प्रसारण नगर्न आग्रह

264

साझाट्युव : वैशाख २३ , काठमाडौं ।

नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले चुनावी माहोल बिगार्ने उद्देश्यले भ्रामक, दुष्प्रचार देखि चरित्रहत्या हुने अडियो वा भिडियो सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरेको छ । लिखित मन्तव्यलाई दुराशय मनसायबाट इडिट गरेर गलत अर्थ लाग्ने गरी विद्युतीय माध्यममा अपलोड नगर्न बताएको हो ।

ब्यूरोले अनुरोध गरी जारी गरेको सूचनामा लेखिएको छ,’ प्रचलित ऐन, कानूनले  प्रकाशन/ प्रशारण तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सार्वजनिक, नैतिकता, शिष्टाचार विरुद्धका सामग्री पोष्ट गर्ने र प्रकाशन गर्ने गतिविधि नगरिदिनु ।’

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गत निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७८ जारी गरिसकेर चैत २५ गते निर्वाचन आचार संहिता लागू भइसकेको हो ।

 

LEAVE A REPLY