चुनावी सभालाई सम्बोधनगर्न दमौलीमा प्रधानमन्त्री शेरबहादुर देउवा

491

साझाट्युव:२४ वैशाख, तनहुँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्नकोलागी नेपाली सेनाको हेलिकप्टरमा चढेर तनहुँको सदरमुकाम दमौली आएका हुन् ।

सत्तारुढ गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर फेरि देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुनलाइ तनहुँ आएका छन् ।

 

देउवाकोसाथ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनि प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ आएका हुन् ।

बिहान साढे १० बजे सुरु हुने कार्यक्रम भनिएता पनि बुटवलमा भएको चुनावी सभालाई देउवाले प्राथमिकता दिएको हुँदा दमौलीको कार्यक्रम साढे एक बजेको सरेको थियो ।

हेलिकप्टरबाट झरेर देउबा तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधनमा चढेर कार्यक्रमस्थल पुगेका हुन् ।

LEAVE A REPLY