पोखराको संयुक्त चुनावी सभामा सत्ता गठबन्धनको शीर्ष नेताहरुको सम्बोधन

224

साझाट्युव: वैशाख,२५ , काठमाडौं ।

सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना तयारी गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुदैगरेको सभामा गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,लगायत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत शीर्ष नेताहरुले सम्बोधन गर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फदेखि नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य रहेका छन् भने एमालेतर्फ बाट कृष्ण थापा उम्मेदवार रहेकाछन् । सत्ता गठबन्धन अनि एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई बिशेस प्रतिष्ठाको रुपमा लिएका बताएका छन् ।

पोखराको सभासकेपछि आजनै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताएको छ ।
तेसैगरी भोलि एमालेको पनि पोखरामा सभा हुनेभएको छ । सो सभाको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

 

LEAVE A REPLY