३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा प्रहरी नायब निरीक्षक महतोविरुद्ध मुद्दा

144

साझाट्युव : वैशाख २५, कास्की । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

निरीक्षक महतोले आफ्नो कार्यक्षेत्र अनि जिम्मेवारी साथै कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर रहेर पदीय हैसियतको दुरुपयोग गरी लेनदेनसम्बन्धिको मुद्दा मिलाइदिने भनेर सेवाग्राहीसँग घुस लिँदा गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वार गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद्‌ व्‍यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

 

LEAVE A REPLY