एन्फाले खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न तीन सदस्यीय कार्यदल बनायो

160

साझाट्युव : वैशाख २५, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि कार्यदल गठन गरेको छ ।

करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि विवाद सुरु भएको थियो अहिले सम्म पनि समाधान हुन सकेको थिएन । एन्फा भित्रैबाट समस्या समाधानको प्रयास गरे पनि त्यसमा सहमत हुन नसकेपछि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

अध्यक्ष कर्मा छिरिङ शेर्पाले जनाए अनुसार ,आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको हो ।

नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य छन् ।

नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै उनीहरुले प्रतिवेदन बुझाउनुपर्नेछ ।

LEAVE A REPLY