हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री पठाइयो

145

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

सोमबार बिहान निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

सो क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको हो।

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिङ्करको आधारभूत विद्यालय मोति महिला संघ केन्द्रमा २३१ मतदाता छन् ।

सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

 

 

LEAVE A REPLY