भोटेकोशी गाउँपालिकाका स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार श्रेष्ठका प्रतिबद्धता

152

साझाट्युव : वैशाख २६,  सिन्धुपाल्चोक । 

३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा भोटेकोशी गाउँपालिकाका स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार श्रेष्ठ जनतासंग प्रत्यक्ष रुपमा भेटघाट र छलफलमा छन् ।

लालटिन चुनाव चिन्ह प्राप्त गरेका उनले सो पालिकालाई र नागरिकलाई समृद्ध बनाउने बिभिन्न योजना ल्याउनु भएको छ । उनले सबै भोटेकोशीबासीलाई अत्याधिक मत दिई जिताउन आग्रह गरेका छन् ।

भोटेकोशी गाउँपालिकालाई समृद्ध बनाउन यस्ता छन् दिपेन्द्रका प्रतिबद्धता ;

१) भोटेकोशी गाउँपालिकाको जनताहरुलाई पालिकाले उपलब्ध गराउने सेवाहरु व्यवस्थित र सहज बनाउन आफ्नै सुविधा सम्पन्न भवन बनाउने ।

२) आधुनिक सूचना प्रविधिको प्रयोग गर्दै पालिकाको सबै खाले आय तथा व्यय विवरण तथा पालिकाले उपलब्ध गराउने सेवा तथा पालिकाले सञ्चालन गर्ने विकास कार्यक्रमहरुलाई पूर्ण रुपमा पारदर्शी, चुस्त दुरुस्त र प्रभावकारी बनाउने ।

३) जन्म, विवाह तथा मृत्यु दर्ता लगायत नागरिकता पासपोर्ट सिफारिस जस्ता सेवाहरु सकेसम्म अनलाइन सेवा मार्फत गर्न गराउन पहल गर्ने ।

४) पालिकावासी हरेक व्यक्तिहरु र प्रत्येक घरको तथ्यपरक विस्तृत विवरणहरुलाई सूचना प्रविधिमा आधारित डाटावेश तयार गरी सोही अनुसार बहुउपयोगी परिचयपत्र र घर नं वितरण गर्ने अध्यक्ष उम्मेदवार श्रेष्ठको योजना छ । साथै वडाहरुको संरचनालाई व्यवस्थित गर्न र सबै ठाउँमा जनताहरुलाई पायक पर्ने गरी वडा संरचनाहरु मिलाउन आवश्यक पहल गर्ने ।

५) नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था गरिएको विषयगत क्षेत्रहरुको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक नीति, ऐन, नियम, विनियम निर्माण गरी तिनको सफल कार्यान्वयन गर्ने ।

६) पालिकाले दिने न्यायिक सेवाहरुलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष रुपमा उपलब्ध गराउने।

७) शिक्षक तथा कर्मचारीको उच्च मनोबल र प्रभावकारी सेवाको लागि कार्य सम्पादनको आधारमा पुरस्कार तथा दण्डको व्यवस्थालाई प्रभावकारी पार्नका साथै हाल अन्यौलमा रहेका सेवा निवृत्तिभरण (पेनसन) को सुनिश्चितताको लागि जोड दिने ।

८) पालिका क्षेत्रका सबै धार्मिक स्थल, मठमन्दिर, गोन्पाहरुको संरक्षण र संवद्र्धन गर्ने,। ऐतिहासिक र पुरातात्विक एवम् विशेष महत्वका गुम्बाहरुको विशेष संरक्षण गर्ने र गोन्पा शिक्षाको आवश्यक प्रवद्र्धन गर्ने ।

उहाँले एक मौका स्वतन्त्र उम्मेदवारलाई दिन उहाँले भोटेकोशीबासीलाई आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY