जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा

191

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते शुक्रबार बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ ।

LEAVE A REPLY