भारतदेखि आयात जुनार अनि केरामा विषादीको मात्रा

172

साझाट्युव : वैशाख २६, काठमाडौँ । 

भारतदेखि आयात भएका जुनार अनि केरा समेतमा विषादीको मात्रा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ ।
गत कात्तिकदेखि चैत मसान्तसम्म गरिएको परीक्षणमा तीन दर्जनको हाराहारी तरकारी अनि फलफूलमा विषादी अवशेष भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जनाएको छ ।

नेपालमा आयात भएका जुनार, केरा, चुकन्दर, किबी र आलुमासमेत विषादी अवेशेष भेटिएको मर्हजनले जनाएको छन् । ‘कुल ४० हजार ७८५ वटा तरकारी अनि फलफूलमा गरिएको विषादी परिक्षण मध्यमा ३२ वटामा विषादी अवशेष प्रतिकुल भएको पाइयो उनले भने विषादी अवशेष भेटिएकामध्ये केही रेडजोन अर्थात् प्रयोग गर्नै नहुने प्रकारका थिए, भने बाँकी एल्लो अर्थात् केही दिन निर्मलीकरण गरेर प्रयोग गर्न मिल्ने पनि रहेको थियो ।’

 

कृषि मन्त्रालयले कात्तिक एक गतेदेखि विभागलाई विषादी अवशेष परीक्षण गर्ने अनुमति दिएको थियो । हाल विभागले प्रमुख ७ वटा नाकामार्फत तरकारी तथा फलफूलको विषादी अवशेष जाँच गर्ने गदर्छ ।

LEAVE A REPLY