सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल

153

साझाट्युव : वैशाख २७ , काठमाडौँ । 

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल भएको जनाएका छन् ।

लिवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले गठबन्धन सफल भएको दाबी गर्दै धेरै सथानीय तहमा तालमेल भएको बताएका हुन् ।

पुनले भने, ‘६ महानगरमा गठबन्धन सफल भयो, ११ उपमहानगरमा गठबन्धन गरियो र झण्डै ६० प्रतिशत स्थानीय पालिकामा पाँच दलीय गठबन्धन भएको छ। कतिपय ठाउँमा पाँच दल भित्रकै चार दल, तीन दल या दुई दलबीच पनि गठबन्धन भएको छ। कतिपय ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ । मुलरुपमा गठबन्धन सफल भएको छ।’

उलने अझ स्पष्ट पर्दै भने ‘बिगतमा हामीले माओवादी केन्द्र र कांग्रेसबीचमा गठबन्धन गरेका थियौं’ , ‘१0७ पालिकाहरूमा गठबन्धन गरेका थियौं । तर, त्यो त्यति खासै सफल भएन विगतमा । त्यो हेर्दा अहिले ६० प्रतिशत भन्दा बढी ठाउँमा तालमेल हुनु भनेको सफलता नै हो । किनभन्दा कांग्रेस देशव्यापी आफ्नो संगठन भएको पार्टी हो । २६३ स्थानमा प्रमुख जितेको पार्टी हो । झण्डै साढे तीन सय स्थानमा दोस्रो स्थानमा रहेको पार्टी हो ।’

‘त्यसैगरि माओवादी पार्टीले १०६ स्थानमा प्रमुख जितेको छ । ९९ स्थानमा दोस्रो भएको छ । त्यसै गरी झण्डै साढे चार सय स्थानमा तेस्रो स्थानमा छ । देशव्यापी संगठन छ, प्रतिस्पर्धी पार्टी हौं र, समाजवादी, जसपा र राजमोको आआफ्नै संगठन र बेसहरू छन् । यसरी देशव्यापी रुपमा संगठन भएको पार्टीहरुका बीचमा जस्ताको त्यस्तै देशभरी तालमेल हुन्छ भन्नु पनि सायद मनोगत हुन्थ्यो ।’

कतिपय ठाउँमा माओवादी र कांग्रेसबीचमै प्रतिस्पर्धा रहेकाले त्यस्ता ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको पनि पुनले बताए ।

LEAVE A REPLY