आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

154

साझाट्युव : वैशाख २७ , काठमाडौँ । 

स्थानीय तह निर्वाचनको मौन अवधि आज मंगलबार मध्यरातिबाट  छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । ‘मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ आयोगले भनेको छ ।

यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । मौन अवधि उल्लंघन गरे/नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन हो। मौन अवधिभर कुनै पनि प्रचारप्रसारका गतिविधि गर्न नपाइने आचारसंहीतामा उल्लेख छ।

मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिन्ह र प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन जस्ता गतिविधिहरु तथा सभा वा समारोह गर्न पनि निषेध गरिएको हुन्छ ।

कुनै पनि उम्मेदवारको लागि राखिएको सामग्री बिक्री वा प्रदर्शन गर्न पाइँदैन । कसैले पनि गराउन हुँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण पाइँदैन ।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला’, सूचनामा भनिएको छ।

LEAVE A REPLY