मौन अवधिमा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच झडप

161

साझाट्युव :  २८ वैशाख, प्यूठान । 

सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच बुधबार भएको झडपमा ४ जना घाइते भएका छन् ।

प्यूठानको सरुमारानी गाउँपालिकामा दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको हो ।

घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ भने ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

LEAVE A REPLY