साझाट्युव : २९, वैशाख, हुम्ला । हुम्ला मतदान केन्द्रमा कर्मचारी पुग्नै सकस भएको छ । सदरमुकामदेखि चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका हुन् ।
अरु विकटको हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्याएको भएता पनि लिमी क्षेत्रलाइ हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग गरिएता पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमीमाभने प्रयोग भएन
हेलिकप्टरको प्रयोग नभएपछि ४८०० मिटर उचाइमा रहेको नारा लेकदेखि हिउँलाइ छिचोल्दै लिमी पुग्न बाध्य भएको हिमशिखर प्राथमिक विद्यालय तिल मतदान केन्द्रका मतदान अधिकृत विस्न रोकायालेआफ्नो गुनासो राखे ।
मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित दु:खका साथ कर्मचारी नाम्खा गाउँपालिका ६ मा रहेका तीन वटा मतदान स्थान पुगेको अधिकृत रोकाएको भनाइ छ ।
मतपेटिका, मतपत्रलगायतका सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी गरी ४८ जना यहाँका तीन केन्द्रमा खटिएका हुन् ।
बिगतमा निर्वाचन आयोगद्वार लिमीका तीनवटै मतदान केन्द्रलाइ हेलिकप्टर व्यवस्था गरेको थियो भने यसपटकचाही हेलिकप्टर व्यवस्था नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुत्तिनन्द रावलले बताए ।
निर्वाचनको प्रर्यवेक्षणमा बिकट हुम्ला जिल्ला पुगेका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुत्त सुदीप पाठकले निर्वाचन आयोगले भौगोलिक अवस्थालाइ नबुझेर कर्मचारीमाथि मानव अधिकार हनन् गरेको भनेका छन् ।
भौगालिक रूपमा अति विकट भएको हुम्लाको नाम्खा गाउँपालिका- ६ लिमिका तीन वटा मतदान केन्द्र तिल, हल्जी, जाँङ, नाम्खा गाउँपालिका-४ को चाला र चंखेली गाउँपालिका-५ नेप्का मतदान केन्द्रमा हेलिकप्टर अति आवश्यक भएको मानव अधिकार आयोगका पूर्वआयुक्त पाठकले भने ।