निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी बाटै कुटिए अधिकृत लगायत म्यादी प्रहरी र गाउँले

253
Two school kids fight in a dark passageway of their school, almost silhouette.

 साझाट्युव : २९, वैशाख,  सुर्खेत | निर्वाचन सुरक्षाकालागि खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत,लगायत म्यादी प्रहरी अनि गाउँलेलाई कुटपिट गरेका छन् ।

पश्चिम सुर्खेतमापर्ने पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टद्वार मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमाला लगायत म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेको समय धनबोट गाउँ पसेका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी गरे । म्यादी प्रहरी अनि प्रहरी मिलेर उनलाई उद्धार गरि मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । भट्टले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतलगाएत केही म्यादी र स्थानीयबासि सामान्य घाइते भएका बताएका छन् ।

मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ बजेबाट बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी अनि गाउँलेलाई कुटपिट गरेको जानकारी दिएका छन् । ‘मदिरा सेवन गरेपछि सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर स्थानीय गाउँलेलाई कुटपिट गरेछन्,’ उनले भने, ‘त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याइसकेपछि हामीलाइ नै कुटपिट भयो ।’

मतदान अधिकृतलगाएत , म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु भैसकेको कर्णाली प्रदेशका प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जनाए ।

LEAVE A REPLY