आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको : प्रचण्ड

170

 

साझट्युब : ३० वैशाख,काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा जित-हार सामान्य साथै स्वभाविक प्रक्रिया हो भनेका छन् । चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो भनाइ राखेका हुन् ।

नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै प्रचण्डले भने आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको पनि बताए । उनले जितमा हौसिने अनि पराजयमा निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY