स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी : गगन थापा

168

साझट्युब : ३० वैशाख,काठमाडौं |  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

मतदान केन्द्रमा मत हाल्न पुगेका महामन्त्री थापाले भने, ‘लोकतन्त्र र संविधानको रक्षाको निम्ति गरेको गठबन्धन अनि नेपाली कांग्रेसको कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा कुनै शंका छैन ।’

 

यसपटक निर्वाचन मतदाता शिक्षा भने खास प्रभावकारी नभएको पनि महामन्त्री थापाले भनेका छन् । पार्टी र आयोग दुवै पक्क्ष्यबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको थापाले भने ।

काठमाडौं महानगरपालिका-३१ को मैतीदेवीको केनद्रबाट थापाले मतदान गर्दैछन् ।

LEAVE A REPLY