निर्वाचनकै दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट

305

साझट्युब : ३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनकै दिन बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट गरेको छ ।

शुक्रबार बिहान २ बजेको घटना भएता पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।

 

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका बमोजिम एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ ।

अहिले सो व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेकोभने छैन ।

स्थानीय तहको निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउनलाइ विष्फोट गराएको हुनसक्ने आशंका गरिएको बताएको छ । घटनामा कुनै क्षतिभने भएको छैन ।

घटनास्थलदेखि ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ ।

LEAVE A REPLY