सर्लाहीको मतदान केन्द्रमा प्रभावित हुने गरी झडप भएपछि : सेनालाई खटाइयो

279

साझट्युब : ३०, वैशाख, सर्लाही । स्थानीय तहको केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भएता पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारीरहेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदानलाइनै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको बताएका छन् ।

 

गौतमका बमोजिम हाल चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको पनि बताए |

त्यस्तै ,बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि विवाद भएकै कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताएका छन् ।

झडपकै कारण दुई पटक रोकिएको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी भएको छ । त्यहाँ पनि राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी राउण्ड हवाई फायर गरेका छ ।

झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको बताएको छ । नेपाली सेनाद्वार स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका–६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिले मतदान जारी रहेको छ । सेना पुगेपछि त्यहाँको अवस्था अहिले सामान्य भएको छ ।

रामनगर गाउँपालिकास्थित पुरानो गाविस. भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले भने निरन्तरता छ । मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको थियो ।

यस्तै , मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका–३को गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाईनै जिम्मेवारी तोकेर मतदान सुरु भएको छ ।

यसरि दुई–चार ठाउँबाहेक सर्लाहीका अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिएका छन् ।

बर्षको कारण धेरैजसो मतदान केन्द्रमा दिउँसो केहीसमय मतदान प्रभावित भएको थियो । ५ बजेसम्म लाइनमा आएर बस्नेलाई मतदान गर्न दिइने मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिएका छन् ।

मतदान सम्पन्न भैसकेपछि सबै स्थानका मतपेटिका गाउँपालिका साथै नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा पारिने बताएको छ ।

LEAVE A REPLY