७२ वटा वडा भएको रोल्पामा ३० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक

256

साझट्युब :१  जेठ, रोल्पा ।

७२ वटा वडा भएको रोल्पामा ३० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत ३० मध्ये २० वटा वडामा माओवादी केन्द्र, ५ वटामा ५ नेपाली काँग्रेस, ४ वटामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 

नेकपा माओवादी केन्द्र
रोल्पा नगरपालिकाका १, २, ४, ५ र ६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर–१ मा १ मा माओवादीका खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली र ६ मा तुलबहादुर घर्तीमगर विजयी भएका छन् ।

यस्तै थवाङ गाउँपालिका–२ मा माओवादीका अविशलाल रोकामगर, ३ मा जनक बुढामगर र वडा नम्बर–५ मा गोवर्द्धन घर्तीमगर विजयी भएका छन् । सुनिल स्मृति गाउँपालिका–१ को वडा अध्यक्षमा गोवर्द्धन कुँवर, सोही गाउँपालिका–३ मा दुर्गाबहादुर विष्ट विजयी भएका छन् । लुंग्री गाउँपालिका वडा नम्बर–५ मा रिकबहादुर रोकामगर, ६ मा जोखबहादुर बुढाथोकी र ७ मा हिराबहादुर पुन निर्वाचित भएका छन् परिवर्तन गाउँपालिका–१ मा मैते बुढामगर र २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका– २ मा भिउलाल पुनमगर, माडी गाउँपालिका–१ मा रोहितसिंह घर्तीमगर, माडी–२ मा ललीत घर्तीमगर, सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नम्बर–२ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन् ।

नेपाली काँग्रेस
नेपाली काँग्रेसले हालसम्म ५ वटा वडामा बिजयी भएको छ । काँग्रेसले रोल्पा नगरपालिका–३, रुन्टीगढी गाउँपालिका–१ तथा गंगादेव गाउँपालिकाको वडा नम्बर १, २ र ७ मा जित हासिल गरेको हो ।

रोल्पा नगरपालिका, ३ मा काँग्रेसका राजकुमार पुरी, रुन्टीगढी गाउँपालिका–१ मा थामबहादुर घर्तीमगर, गंगादेव–१ मा अमृत बहादुर वली, २ मा अमरबहादुर थापा, तथा वडा नम्बर–७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

नेकपा एमाले
एमालेले हालसम्म ४ वटा वडामा जितेको छ । थवाङ गाउँपालिका–४, त्रिवेणी गाउँपालिका–२, गंगादेव गाउँपालिका–६ र रुण्टीगढी–३ मा एमाले उम्मेदवार विजयी भएका छन् । थवाङ–४ मा एमालेका उम्मेदवार हिक्मत घर्तीमगर, त्रिवेणी–२ मा कविराज बुढामगर र गंगादेव–६ मा वीरबहादुर वली र रुन्टीगढी–३ मा गणेश गिरी विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार 

सुनिल स्मृति गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लौरो चुनाव चिह्नबाट नेत्रबहादुर गिरी वडाअध्यक्षमा निर्वाचित भएका हुन ।

LEAVE A REPLY